भानुका विभिन्न वडामा एमालेको प्रचार प्रसार, भानुको वास्तविक समस्या मलाई मात्रै थाहा छः न्यौपाने

images
  • 118
    SHARES
  • माघ १८, २०८२ शनिबार
    भानुका विभिन्न वडामा एमालेको प्रचार प्रसार, भानुको वास्तविक समस्या मलाई मात्रै थाहा छः न्यौपाने
    images

    नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार भगवती न्यौपानेको चुनावी यात्रा भानु नगरपालिकाका विभिन्न वडामा सन्चालन भईरहेको छ । शुक्रबार र शनिबार न्यौापनेले भानु नगरपालिकाको विभिन्न वडामा पुगी विहिबार भानु नपा ११ का विभिन्न स्थानमा मतदातासँग भेटघाटमा पुगिन् । भानु नपाका एमालेका नेताहरुको साथ उम्मेदवार न्यौपानेले मतदातालाई भेटी प्रतिनिधि सभाको निर्वाचनमा सुर्य चिन्हमा मतदान गरि बिजयी गराउन अनुरोध गरिन् ।

     

    ‘अहिलेको अवस्था भनेको एक जना सांसद छान्ने मात्र हैन’ न्यौपानेले भनिन् ‘यो देश जोगाउने की देश बिनास गर्ने भन्ने एकप्रकारको जनमत संग्रह पनि हो ।’ देशलाई विखण्डनकारी र बिध्वंशकारीहरुबाट बचाउन पनि यसपटक एमालेलाई जिताउनुपर्ने न्यौपानेले बताइन् । देशको स्वाधिनता र स्वाभिमान बचाउन पनि एमालेलाई जिताउनु पर्ने न्यौपानेले बताइन् ।

     

    उक्त कार्यक्रममा नेकपा एमाले भानु नगर कमिटिका अध्यक्ष शंकर रानाभाट लगायतका नेताहरुले विकास र समृद्धीको लागि नेकपा एमालेको सुर्य चिन्हमा मतदान गर्नुपर्ने बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend