भानुका विभिन्न वडामा एमाले उम्मेदवार न्यौपाने, न्यौपाने भन्छिन्ः ‘भानुको समस्या मैले समाधान गर्छु’

images
  • 109
    SHARES
  • फाल्गुण २, २०८२ शनिबार
    भानुका विभिन्न वडामा एमाले उम्मेदवार न्यौपाने, न्यौपाने भन्छिन्ः ‘भानुको समस्या मैले समाधान गर्छु’
    images

    नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार भगवती न्यौपानेको चुनावी अभियानको क्रममा शनिबार बिहानै देखी भानु नगरपालिकाको विभिन्न वडामा पुगिन् । न्यौपाने शनिबार बिहान भानु नपा १, २, ३ र ८ र ९ का मतदातालाई भेट्न पुगिन् । सोही क्रममा उम्मेदवार न्यौपानेको न्यौपाने उपस्थितीमा शनिबार भानु नपा ८ मा एमालेको प्रचार कार्यालय समेत स्थपना गरिएको थियो 

     

    ‘अहिलेको अवस्था भनेको एक जना सांसद छान्ने मात्र हैन’ न्यौपानेले भनिन् ‘यो देश जोगाउने की देश बिनास गर्ने भन्ने एकप्रकारको जनमत संग्रह पनि हो ।’ देशलाई विखण्डनकारी र बिध्वंशकारीहरुबाट बचाउन पनि यसपटक एमालेलाई जिताउनुपर्ने न्यौपानेले बताइन् । देशको स्वाधिनता र स्वाभिमान बचाउन पनि एमालेलाई जिताउनु पर्ने न्यौपानेले बताइन् ।

     

    उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहाकार सदस्य एकबहादुर राना, भानु नगर कमिटिका अध्यक्ष शंकर रानाभाट लगायतका नेताहरुले विकास र समृद्धीको लागि नेकपा एमालेको सुर्य चिन्हमा मतदान गर्नुपर्ने बताए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend