नेपाल जेसीजको आयोजनामा पर्यटकिय नगरी सौराहा स्थित होटल सेभेन स्टारमा मिति २०८२ फागुन १ र २ गते आयोजित 2026 LOM Leaders' Academy तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
उक्त तालिममा नेपाल जेसीज अन्तर्गतका देशभरका विभिन्न शाखाका अध्यक्ष, महासचिव तथा कोषाध्यक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो। देवघाटधाम जेसीजका तर्फबाट वर्ष २०२६ का अध्यक्ष जेसी अर्जुन सुवेदी, महासचिव जेसी माधव न्यौपाने तथा कोषाध्यक्ष जेसी रक्षा कार्की सहभागी हुनुभएको थियो।
नेतृत्व विकास, प्रभावकारी व्यवस्थापन, योजना निर्माण तथा संस्थागत सुदृढीकरणका लागि अत्यन्त महत्वपूर्ण यस तालिमले पदाधिकारीहरूलाई आफ्नो नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न, संगठनलाई गतिशील बनाउन तथा समाजमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक सीप र दृष्टिकोण प्रदान गर्दछ।
कार्यक्रमको अवसरमा देवघाटधाम जेसीजले उत्कृष्ट कार्यसम्पादनका आधारमा 'The Sankalpa Commitment Award' र 'Sankalpa to Success Award' गरी दुई अवार्डहरुबाट सम्मानित भएको छ ।
देवघाटधाम जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी अर्जुन सुवेदीले उक्त सम्मानहरुले देवघाटधाम जेसीजको सक्रियता, नेतृत्व क्षमता तथा संगठनप्रतिकाे समर्पणलाई नेपाल जेसीजले उच्च मूल्याङ्कन गरेको र सो काे लागि समग्र देवघाटधाम जेसीज परिवारका बोर्ड पदाधिकारीहरु, सदस्यहरु, संस्थापक अध्यक्ष, अध्यक्षहरु र सरोकारवाला सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै तालिमबाट सिकेका ज्ञान र अनुभवलाई शाखाका सदस्यहरुको नेतृत्व क्षमता विकास तथा सेवामा प्रयोग गर्दै आगामी दिनहरुमा अझ प्रभावकारी कार्य गर्दै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।



