काङ्ग्रेसकाे माहाेल राम्राे छ, गगन थापालाई प्रधानमन्त्री बनाउन हामीले जित्नुपर्छ : गोविन्द भट्टराई

images
  • 229
    SHARES
  • फाल्गुण ४, २०८२ सोमबार
    काङ्ग्रेसकाे माहाेल राम्राे छ, गगन थापालाई प्रधानमन्त्री बनाउन हामीले जित्नुपर्छ : गोविन्द भट्टराई
    images

    दमौली ,४ फागुन । नेपाली काङ्ग्रेसका तनहुँ -१ का उम्मेदवार गोविन्द भट्टराई पार्टी एकताबद्ध भएर लागे मात्रै सभापति गगन थापालाई प्रधानमन्त्री बनाउन सकिने बताएका छन् । सोमबार दमौलीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले काङ्ग्रेसलाई बहुमत दिलाउन तनहुँ -१ बाटै सशक्त सन्देश दिनुपर्ने बताए ।637965331_1324226676391988_7480042002746215072_n.jpg"सभापति गगन थापालाई प्रधानमन्त्री बनाउन काङ्ग्रेसले जित्तैपर्छ," उनले भने," त्यसका लागि सबै कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने समय आएको छ।" भट्टराईले आफ्नो चुनावी एजेण्डाअन्तगर्त 'पाँच वर्ष, पाँच पालिका र ५५ प्रतिबद्धता' सार्वजनिक गरेको जानकारी दिदै विकास र समृद्धिका स्पष्ट योजनासहित आफू मतदातामाझ गएको बताए। उनले पाँच वर्षभित्र क्षेत्रका पाँचवटै पालिकामा देखिने गरि विकासका काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। "नेपाली काङ्ग्रेसको माहोल राम्रो छ,

    636593956_1324226896391966_6014504861572441818_n.jpgजनताको साथ र समर्थन उत्साहजनक छ," उनले भने," अब यसलाइ मतमा परिणत गर्न हामी दिनरात खट्नुपर्छ।" उम्मेदवार भट्टराईले कार्यकर्तालाइ घरदैलो अभियानलाई तीब्र बनाउन र मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउन आग्रह गर्दै पार्टी जिताउन सबैले आ-आफ्नो ठाँउबाट सक्रिय भुमिका खेल्नुपर्ने बताए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend