निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

images
  • 58
    SHARES
  • आषाढ ७, २०७९ मंगलबार
    निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो
    images

    काठमाडौ 

    नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा बिस्तार बृद्घिमा सबैभन्दा अगाडि देखिएको छ । गत जेष्ठ महिनासम्ममा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन बृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार बृद्घिको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमा रहेको छ । 

    nepal-bank.jpg

    गत जेष्ठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५.८५ प्रतिशतले बृद्घि भएको देखिन्छ भने  कर्जा विस्तार ३२.०५ प्रतिशतले बृद्घि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरुमध्य २१ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्घि भएको छ भने ६ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्घिदर ७.३७ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा बृद्घि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४९ प्रतिशतको बृद्घि भएको देखिन्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend