करिस्मा गुरुङ
देवघाट तनहुँ : असार ७ गते
तनहुँ देवघाट गाउँपालिकाको दशौँ अधिवेशन गाउँ सभामा नीति तथा कार्यक्रम सम्पन्न भएको छ । आ. व. २०७९/०८० को नीति तथा कार्यक्रम आज देवघाट गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङको अध्यक्षतामा गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले आ. व. २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियोे ।

कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पूर्ण बहादुर कुँवरले २०७९/०८० को आर्थिक विधेयक प्रस्तुत गर्नु भएको थियोे भने वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरूङले गाउँसभा अन्तर्गतका विभिन्न विषयगत समितिहरू गठन प्रस्तुत गर्नु भएको थियोे ।

निति तथा कार्यक्रम जन-अपेक्षा तथा आवश्यकता भौगोलिक बनावट, योजनाको प्राथमिकता, गाउँपालिकाको श्रोत साधन, आर्थिक, सामाजिक, पर्यटकीय सम्भावना लगायतका दृष्टिकोणले महत्वपूर्ण मानिएका योजनाहरुलाई गाउँपालिका गौरवका योजनाको रुपमा लिइएको छ ।उपलब्ध श्रोत साधनको आधारमा बहुवर्षिय योजनाको रुपमा क्रमश श्रोत साधनको व्यवस्था गरी सम्पन्न गरिने भएको छ ।

साथै गाउँपालिकाका गौरवका योजनातर्फ कोटा रङ्गशाला, देवघाट १ कोटा,छरछरे झरना तथा पर्यटन विकास, देवघाट १ कोटा, खाल्टे खेलग्राम देवघाट २ खाल्टे, घण्टाचुली भ्यू टावर पर्यटकीय स्थल देवघाट १ र २ घण्टाचुली, कोटवैदी कृषि अनुसन्धान केन्द्र, देवघाट २ कोटवैदी,जनजाती संग्राहालय देवघाट ४ कर्ताप, ऐतिहासिक प्याउली गढी, देवघाट ४ डुँडे, देवघाट-साउने, कर्ताप सडक, देवघाट ४ र ५,गाईघाट, काफलडाँडा छिपछिपे सानुभञ्ज्याङ्ग सडक देवघाट ४, १, ३ र २, सुन्तला मार्ग देवघाट ३,खाल्टे मास्दीघाट सडक देवघाट २, देवघाट गाउँपालिका अस्पताल देवघाट ५,साराङघाट देखि ३ नं. वडा कार्यालय जोड्ने मोटर मार्ग, देवघाट धार्मिक पर्यटन पद मार्ग, सिंच्याङ्ग पार्लाङ्ग-साराङ्गघाट सोमेश्वर मार्ग, गाउँपालिका प्रशासकीय भवन आदिलाई गाउँपालिकाका गौरवका योजना रूपमा राखिएको छ।

कृषि तथा पशु पंक्षी विकास तर्फ:
१. "कृषिका लागि सिंचाई" कार्यक्रम सञ्चालन गरी सुख्खा एवं बाँझो जग्गामा कृषि कार्य गर्न अभिमुखिकरण गरी कृषि उत्पादन र उत्पादकत्व बढाउन अभिप्रेरित गरिनेछ । २. चालु आर्थिक वर्षको बाख्रा पालन र सुन्तला पकेट क्षेत्रलाई प्रभावकारी बनाई सम्भाव्यताको आधारमा थप बाख्रा तथा सुन्तला पालन पकेट क्षेत्र बनाइनेछ । गाउँपालिकालाई बाखा पकेट र सुन्तला पकेट क्षेत्रमय बनाइनेछ । ३. प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ। ४. आगामी आ.व. मा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिनेछ । ५. फलफूलहरुको उत्पादकत्व वृद्धि गर्न प्राविधिक सहयोग, मल,बीउ भिटामिन, तालिमको व्यवस्थ उद्योग/वाणिज्य तर्फ : रोजगारी मूलक कृषि उद्योगको प्रवर्द्धन गरिने ● गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नयाँ लघु उद्यमी सिर्जना र पुराना उद्यमीहरुलाई स्तरोन्नती गरिदै लगिनेछ । . उद्यमशिलता मार्फत सीप विकास तालिम छनौट गरी मागमा आधारित सीप विकास तालिम सञ्चालन गरिनेछ । उत्पादित वस्तुहरुको बजारीकरण गर्न आवस्यक समन्वय गरिनेछ । सरकारी, निजि क्षेत्र, सहकारी तथा गैर सरकारीसँग सहकार्य गरी विभिन्न उद्योगहरु तथा लघु उद्यम सञ्चालनमा जोड गरिनेछ। . सबै प्रकारका व्यवसाय अभिलेखिकरणको कार्यलाई सूचना प्रविधिको प्रयोग गरी व्यवस्थित गरिनेछ । • द्वन्द्व पीडित महिला र अपाङ्गता भएका व्यक्तिहरुका लागि आय आर्जन कार्यक्रम सञ्चालन गरिनेछ । शिक्षा: • एक बड़ा न्यूनतम एक विद्यालय सुधार योजना कार्यक्रम ल्याइनेछ । एक बड़ा एक मातृ विद्यालय कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ । • सूचना प्रविधिमा आधारित पाठ्य सामाग्री विकासको लागि अध्ययन गरी उपयुक्त हुने प्रविधिको विकास गरिनेछ । र सूचना प्रविधिको पहुँच तथा पुस्तकालय व्यवस्थापनमा विस्तार गर्दै लगिनेछ । विद्यालयमा स्वास्थ्यमूलक सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । • प्रत्येक विद्यालयमा अभिभावक शिक्षा सम्बन्धी अभिमुखिकरण तालिम दिने, अनिवार्य अतिरिक्त कृयाकलाप, प्रत्येक महिनाको अन्तिम दिन समिक्षा वैठक गर्ने, सुझाव पेटिका अनिवार्य राख्ने, विद्यालयमा अनिवार्य रुपमा गुनासो तथा सूचना अधिकारीको व्यवस्था गरिनेछ । सम्पूर्ण मा.वि. तहमा अनिवार्य बिज्ञान प्रयोगशाला, कम्युटर कक्षा हुनु पर्ने र कक्षा ६,७ र ८ मा समेत आवश्यकता अनुसार कार्यान्वयन गरिनेछ । प्रत्येक विद्यालयलाई ई-नमूना आचारसंहिता बनाई कार्यान्वयनमा ल्याइनेछ ।
यूवा / खेलकुद तर्फः
१) गाउँपालिकामा खेलकुदको संस्थागत विकास गर्न आवश्यक कानूनको तर्जुमा गरिनेछ । २) युवाहरुसँग समन्वय गरी विभिन्न खेलकुद एवं खेलकुदसँग सम्बन्धित क्रियाकलापहरु सञ्चालन गरिनेछ । ३) युवा शक्तिहरुलाई सामाजिक विकृतिमा लाग्न नदिन विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । ४) देवघाट - १ कोटामा रहेको गाउँपालिका स्तरीय खेलग्रामको निर्माण सम्पन्न गर्ने पहल गरिनेछ ५) गाउँपालिका भित्र रहेका युवाहरुका लागि यूवा सशक्तिकरण कार्यक्रम सञ्चालन ल्याइनेछ । ६) देवघाट - ५ घिनाटारमा मधु कवर्ड हल निर्माण कार्यको लागि समपुरक कार्यक्रम मार्फत प्रदेश तथा संघीय सरकारसँग पहल गरिनेछ । ७) एक वडा एक खेल मैदान बनाउन पहल गरिनेछ । जेष्ठ नागरिक कार्यक्रम तर्फः १) जेष्ठ नागरिकको लागि सार्बजनीक स्थानमा बस्नको लागि बिश्राम स्थल निर्माण तथा मर्मतको ब्यवस्था गरीनुका साथै उक्त स्थानहरूमा आवश्यक अन्य सुबिधा र समय समयमा स्वास्थ जाच गराउने व्यवस्था गरिनेछ । २) देवघाट गाउँपालिकामा वृद्ध-वृद्धाहरुको उपचारको लागि उपयुक्त स्थान पहिचान तथा छनौट गरी १०० सैया सम्मको नेपालकै केन्द्रिय वृद्ध-वृद्धा अस्पताल निर्माण गर्न संघीय सरकार समक्ष पहल गरिनेछ । . अध्ययनको कार्य प्रक्रिया अगाडी बढाइनेछ पानी परीक्षण प्रयोगशाला स्थापना गरिनेछ । ● अति आवश्यक स्थानमा सार्वजनिक शौचालयको व्यवस्था गरिनेछ । खानेपानी तर्फ : • क्वादी खोला खानेपानी आयोजनलाई समयमा नै सम्पन्न गराई वितरण प्रणाली मार्फत २४ से घण्टा खानेपानीको आपूर्ति व्यवस्था मिलाइनेछ । • साबुन पानीले हात धुने अभियानलाई निरन्तरता दिइनेछ । खानेपानीलाई सबै वडाको जनताको माग र आवश्यकता अनुसार सहज र व्यवस्थित बनाइनेछ प्रदेश सरकार केन्द्र सरकार युनिसेफ लगायत अन्य दातृ निकाय र उपभोक्ता समितिको। सहलगानीमा सबै खानेपानी योजनाहरूमा सुरक्षित खानेपानीको योजना (Water Safety Plan) लाई निरन्तरता दिइनेछ । • खानेपानी उपभोक्ता समितिको संस्थागत क्षमता विकास र चेतनामूलक कार्यक्रममा जोड दिइनेछ । • एक घर एक धारा" सुरक्षित खानेपानी हाम्रो अभियानलाई प्राथमिकता दिई प्रभावकारी कार्यान्वयन गरिनेछ लक्षित वर्ग तर्फः विपन्न तथा आर्थिक, सामाजिक रुपमा पछाडि परेका वर्गहरुलाई गाउँपालिका स्तरीय सञ्जाल, वडा स्तरीय सञ्जाल पुनर्गठन गरी जसको सहकार्यमा आर्थिक, सामाजिक विकासका कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ । आदिवासी जनजाति दलित र अल्पसंख्यक तर्फः १) रोजगार कार्यक्रम मार्फत आदिवासी जनजाति वर्गहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न सशक्तिकरण कार्यक्रम र आय आर्जनका लागि विभिन्न सिपमूलक कार्यक्रम, संस्कृति संरक्षणका कार्यक्रमहरु ल्याइनेछ । २) आदिवासी जनजाति, दलित, पिछडिएको वर्ग एवं महिलाहरुलाई सहयोग पुयाउने कार्यक्रम सञ्चालन गरीने छ ।
स्वास्थ्य तर्फः
• दिर्घ रोगीहरुको लागि जनप्रतिनिधीहरुको सहभागीतामा स्वास्थ्यकर्मी सहितको टोली वर्षमा कम्तीमा ३ पटक ज्येष्ठ नागरिकको घरदैलोमा नै गई स्वास्थ्य सेवा प्रदान गर्ने नीति लिइनेछ अल्पसंख्यक (बोटे, बराम, चेपाङ्ग जातिको लागि “अल्पसंख्यकलाई निशुल्क स्वास्थ्य विमा" कार्यक्रम ल्याइनेछ । • कोभिङ- १९ जस्तै विश्वव्यापी सम्भावित तथा राष्ट्रिय संक्रमणले सिर्जना गर्न सक्ने जनस्वास्थ्यको चुनौतीलाई व्यवस्थापन गर्न सक्ने क्षमताको विकास गरिनेछ । • देवघाट स्वास्थ्य चौकीको स्तरवृद्धि गरी १० शैयाको अस्पताल बनाउनको लागि नेपाल सरकारबाट स्वीकृति भई टेण्डर प्रक्रिया मार्फत काम शुरु भएकोमा समयमा नै सम्पन्न गराई अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा साधन स्रोत सम्पन्न बनाई सुचारु गरिनेछ । • गर्भवती महिलाको पति, सासु, ससुराको लागि गर्भवती महिलाको स्वास्थ्य सम्बन्धी जानकारी दिने र प्रत्येक महिनाको १ पटक गर्भवती महिला स्वास्थ्य चौकी आएर स्वास्थ्य परीक्षण गराउँदा १००/- रुपैया खाजा खर्च दिने कार्यक्रमलाई निरन्तरता दिइनेछ र संस्थागत सुत्केरी गराउने स्वास्थ्यकर्मीलाई प्रति सुत्केरी रु.१,०००/- प्रोत्साहन भुक्तानी दिइनेछ । ● अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा औषधी, स्वास्थ्य सामाग्री तथा व्यक्तिगत सुरक्षा सामाग्री सहित उपकरणको उचित व्यवस्था गरिनेछ र स्वास्थ्य संस्थाहरुको पूर्वाधार विकास र संस्थागत क्षमता विकासमा जोड दिइनेछ । • स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउन गाउँपालिका स्वास्थ्य नीति, कानून र मापदण्ड तर्जुमा गरिनेछ । • स्वास्थ्य कार्यक्रम तर्फ प्राथमिक स्वास्थ्य सेवा कार्यक्रम क्षयरोग नियन्त्रण कार्यक्रम, परिवार कल्याण कार्यक्रम, मातृ तथा नवशिशु कार्यक्रम, एकिकृत वाल स्वास्थ्य एवं पोषण कार्यक्रम, महामारी रोग नियन्त्रण कार्यक्रम, अस्पताल निर्माण सुधार तथा व्यवस्थापन सूचना प्रणाली, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र कार्यक्रम, उपचारात्मक सेवा कार्यक्रम सञ्चालन गरिनेछ । • सर्ने / नसर्ने रोगको रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि एकिकृत जनस्वास्थ्य प्रबर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ । • आवश्यकता अनुसार विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी स्वास्थ्य कार्यक्रम तथा शिविर संचालन गरिनेछ । • महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि प्रोत्साहन तथा प्राकृतिक स्वास्थ्य अगुवा म.स्वा.से. कार्यक्रम सञ्चालनमा ल्याइनेछ । सुनौलो हजार दिन कार्यक्रमको प्रचार प्रसार गर्ने र २० वर्ष पछि मात्र बच्चा जन्माउने मान्यताको अभिमुखिकरण गराइने नीतिलाई निरन्तरता दिइने छ। • देवघाट ३ छिपछिपे स्वास्थ्य चौकीलाई नमूना स्वास्थ्य चौकी बनाइनेछ । HIV AIDS, डेंगु पाठेघर खस्ने जस्ता समस्याको सम्बन्धमा सेवामूलक कार्यक्रम ● आमा सुरक्षा कार्यक्रमलाई सेवामूलक रुपमा अगाडि वढाइनेछ । ल्याइनेछ । • क्यान्सर, मुटु, मृगौला आदिको उपचारको लागि विपन्न गरीब बिरामीलाई आर्थिक सहायता दिने नीतिलाई निरन्तरता दिइनेछ । • पोषण र सन्तुलित भोजन (Balance Diet) र विभिन्न प्रकारका सरुवा रोगहरुबाट बच्ने उपायहरुको बारेमा व्यापक प्रचार गरिनेछ । • नागरिक आरोग्य सेवा केन्द्र देवघाटमा थेरापी समेतका उपचार सेवा शुरु गरी थप व्यवस्थित र प्रभावकारी बनाइनेछ । ५ वर्षमुनिका बच्चाहरुलाई पूर्ण खोप कार्यक्रम व्यवस्थापन समावेश गरिनेछ । • क्षयरोग तथा कुष्ठरोगका विरामीहरु पहिचान गरी कार्यक्रम सञ्चालन गरिनेछ । भैपरि आउने महामारीको व्यवस्थापन सम्बन्धी (झाडापखाला, टाइफाइड आदि) कार्यक्रम सञ्चालन गरिनेछ । • परिवार नियोजन सम्बन्धी कार्यक्रम संचालन गरिनेछ । पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिनेछ । बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । • २४ घण्टा प्रसुती गृहलाई सुविधा सम्पन्न बनाइनेछ । • देवघाट गाउँपालिका र विश्वनाथ सुशिला धर्मशालाको सहकार्यमा हाल देवघाट गाउँपालिका सञ्चालन भईरहेको भवनमा निकट भविष्यमा भरतपुर आँखा अस्पतालको सहकार्यमा सञ्चालन गरिने आजको निति तथा कार्यक्रममा प्रस्तुत गरिएको थियो।