एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी

images
  • 124
    SHARES
  • आषाढ ८, २०७९ बुधबार
    एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी
    images

    काठमाडौँ ।

    एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका ७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी रहेका छन्।

    rape_2_.jpg

     

    जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका(५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी फेला परेका हुन्।

     

    बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई जबर्जस्ती करणी गरेको अन्सारीमाथि आरोप छ।

     

    उनलाई जिल्ला अदालत बारामा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend