अनुदानको मल कोटा प्रणालीमा वितरण

images
  • 129
    SHARES
  • आषाढ ८, २०७९ बुधबार
    अनुदानको मल कोटा प्रणालीमा वितरण
    images

     

    चितवन, आशिष उप्रेती

    चितवनमा अनुदानको मल कोटा प्रणालीमा वितरण गर्न सुरू भएको छ । सोमबारदेखि कृषि सामग्री कम्पनी चितवन शाखाले अनुदानको डिएपी मल वितरण गर्न सुरू गरेको हो । यतिबेला कृषि सामग्रीसँग युरिया र पोटास मल एक दाना पनि छैन ।

    289192213_441231454124767_1969209824871180855_n.jpg

    चितवनका सातै पालिकाका बिक्री केन्द्रहरु (एग्रोभेट र सहकारी)मा थोरै परिमाणमा भए पनि अनुदानको मल पुराउने गरी वितरण सुरू गरेको कृषि सामग्री कम्पनी चितवन शाखाका प्रबन्धक राजन बगालेले बताए । उनले भने, ‘मल आएको होइन, भएको स्टकमा रहेको मलमात्रै धेरथोर परिमाणमा वितरण सुरू गरेका हौँ ।’ उनले कोटा प्रणालीमा वितरण गरेको मल शुक्रबारसम्म सकिने बताए । उनले भने, ‘रोपाइँको बेला किसानलाई केही राहत हुन्छ भनेर हिजोको दिनमा स्टकमा राखेको मल दिएका हौँ, तर मल आएको छैन ।’ उनले सरकारले असार मसान्तसम्म मल आउने जनाएको बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend