पेट्रोलको भाउ बढेपछि साइकलमा बेहुला-बेहुली

images
  • 126
    SHARES
  • आषाढ ८, २०७९ बुधबार
    पेट्रोलको भाउ बढेपछि साइकलमा बेहुला-बेहुली
    images

    तनहुँ, असार ८-

    झट्ट सुन्दा तपाईलाई विश्वास नलाग्न सक्छ बेहुलाले साइकलमा सवारी मात्रै नभई बेहुलीलाई समेत साईकलमै राखेर घर भित्राउनु भएको छ भन्दा । सामाजिक सन्देश प्रवाह गर्नका लागि मङ्गलबार तनहुँमा सवारीको लागि साइकलको प्रयोग गरी विवाह गरिएको छ । व्यास नगरपालिका–१० का २६ वर्षिय विनोद सापकोटाले साइकलमा चढेर गएर साइकलमा नै राखेर बेहुलीलाई घरमा भित्राउनु भएको छ ।

    Screenshot_20220621-223700_Facebook.webp

    मितव्ययी तरिकाले विवाह गर्नुपर्छ भन्ने सन्देस प्रवाह गर्न र पेट्रोलियम प्रदार्थको खपत घटाउन सन्देश दिने मुख्य उद्देश्यले साइकलको सवारी प्रयोग गरेको बेहुला सापकोटाले बताउनुभयो । ‘भड्किलो तरिकाले विवाह गर्ने प्रचलनको अन्त्यको लागि पहल गर्नुपर्छ भनेर साईकल प्रयोग गरेको हुँ, बेहुला सापकोटाले भन्नुभयो ।

    बेहुला सापकोटा बेहुली सङ्गीता भुजेल लिन साइकलमा ४ किलो मिटर दुरी पार गरी सदरमुकाम दमौलीमा पुग्नु भएको थियो । साइकलमा बेहुलीलाई अगाडि राखेर चलाउँदा देख्नेहरु दङ्ग परेका थिए । बेहुलासँगै जन्ती पनि साइकलमै गएका थिए ।

     

    सिङगार पटार गरेका बेहुलो र बेहुलीलाई साइकलमा सवार गरेको देखेर देखेपछि रोक्दै टिकटक बनाउने, सेल्फी खिच्ने भेटिए । दुलहीका बुबा पूर्णबहादुर भुजेलले दाईजोको पनि माग नभएको र खर्च धेरै नर्गन बेहुलाको पक्षले अनुरोध गरेको जानकारी दिनुभयो ।

    ‘यस्तो विवाहले विवाहको लागि ऋण खोज्नु पर्दैन भन्ने सन्देश दिएको छ’ भुजेलले भन्नुभयो । बेहुला सापकोटा साईकलका खेलाडी हुनुहुन्छ । उहाँले ईलामदेखि मुगुको रारासम्म साइकलमै यात्रा गर्नु भएको थियो ।

    यस्तो विवाहले सन्देश प्रवाह गरेकाले खुसी लागेको पराशर माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा बेहुलाका भिनाजु रामदत्त पौडेलले बताउनुभयो । ‘इन्धन बचाउने मात्रै नभई मानिसलाई निरोगी पनि बनाउने भएकोले प्रयोग बढाउनु पर्ने यसरी गरिएको विवाहले साइकलको महत्व बढ्ने भएकोले खुसी लागेको छ’ प्रधानाध्यापक पौडेलले भन्नुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend