बसको ठक्करबाट साइकलयात्री ३० वर्षीया महिलाको मृत्यु

images
  • 165
    SHARES
  • आषाढ ८, २०७९ बुधबार
    बसको ठक्करबाट साइकलयात्री ३० वर्षीया महिलाको मृत्यु
    images

    काठमाडाैँ

    वेदकोट नगरपालिका–७ सुडामा बसले साइकललाई ठक्कर दिँदा ३० वर्षीया महिलाको मृत्यु भएको छ। बुधबार बिहान महेन्द्रनगरबाट बर्दिया तर्फ जाँदै गरेको ना ४ ख ८०७७ नम्बरको यात्रुवाहक बसको ठक्करबाट साइकलमा सवार शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षीया विमला देवी जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएपछि जोशीलाई महाकाली अस्पताल लगिए पनि त्यहाँ पुर्‍याउँदा मृत्यु भइसकेको थियो। 

    death-lady_20220225145042.jpg

    बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend