घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

images
  • 88
    SHARES
  • आषाढ ८, २०७९ बुधबार
    घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं 

    नेपाली बजारमा आज  सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। 

    gold-silver_20211209111125.jpg

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य चार सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो।

    मंगलबार सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। 

    आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १८ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend