चौधरी ग्रुपले बजारमा ल्यायो क्रम्पटन ब्राण्डका विभिन्न रेन्जका एयर कुलरहरू

images
  • 75
    SHARES
  • आषाढ ८, २०७९ बुधबार
    चौधरी ग्रुपले बजारमा ल्यायो क्रम्पटन ब्राण्डका विभिन्न रेन्जका एयर कुलरहरू
    images

    काठमा

    डौं  चौधरी ग्रुपले गर्मी महिनालाई लक्षित गरि क्रम्पटन ब्राण्ड अन्तर्गत विभिन्न किसिमका आकर्षक एवं गुणस्तरिय कुलरहरु नेपाली बजारमा ल्याएको छ । जसमा डेर्जट कुलर, विन्डो कुलरहरु रहेका छन् । 

    cg1655878361_20220622120625 (1).jpg

     

    क्रम्पटन ब्राण्ड भारतको सबैभन्दा पुरानो ब्राण्ड र कम्पनिहरु मध्ये एक हो र यसमा उत्कृष्ट गुणस्तर, विश्वसनीयता, उत्कृष्ट इन्जिनियरिङ क्षमता, उत्पादन डिजाईन र ठूलो मात्रामा विश्वलाई प्रेरित गर्ने समृद्ध विरासत छ । क्रम्पटनले उपभोत्ताको आवश्यकताको अर्थपुर्ण सामाधान प्रदान गर्ने नवीन उत्पादनहरु निर्माण गर्दछ । 

    क्रम्पटनका उत्पादनहरु भिन्न हुनुका साथै उपभोक्ताहरुलाई ध्यानमा राखेर डिजाईन गरिएका हुन्छन् । हेर्दे निकै आकर्षक देखिने कुलरहरुमा अनेकौ विशेषता रहेको कम्पनीले जनाएको छ । त्यही विशेषताहरुमा हनिकम्ब प्याड, वाईड एंगल एयरफ्लो, ठूलो सजिलो सफा आइस च्याम्बर, लामो समय सम्म चल्ने पम्प जसले कडा पानीमा पनि काम गर्दछ, व्राेम नब र सजिलो सफाईको लागि पनि नाली प्लग अटो, स्विङ ठाडो लुभहरु, ४ तरिकाबाट हावा विक्षेपन, लामो समयसम्म चिसोपन राख्ने जस्ता अद्धितीय विशेषताहरु रहेका छन् । साथै क्रमटन का एयर कुलहरुमा १२ महिनाको वारेण्टी रहेको छ । 

    क्रम्पटन ब्राण्डका एयर कुलरहरु चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. ले ल्याएको छ । क्रम्पटन ब्राण्डका थुप्रै अरु घरायसी उपकरणहरु पनि भविष्यमा थप्दै जाने कम्पनीले आफ्नो प्रेश विज्ञप्तीमा जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend