भिनिसियसले भने क्लबमै बस्ने इच्छा व्यक्त गरे

images
  • 93
    SHARES
  • आषाढ ८, २०७९ बुधबार
    भिनिसियसले भने क्लबमै बस्ने इच्छा व्यक्त गरे
    images

    काठमाडाैँ

    युवा फरवार्ड भिनिसियस जुनियरले स्पेनिस महारथि क्लब रियल मड्रिड छाड्ने हल्ला चलिरहेको बेला भिनिसियसले भने क्लबमै बस्ने इच्छा व्यक्त गरेका छन्।

    vinicious-jr_20220622142820.jpg

     

    २१ वर्षीय ब्राजिलियन खेलाडी सन् २०१८ मा मड्रिड अनुबन्ध भएका थिए। त्यसयता उनी टिममा नियमित खेलाडी र महत्त्वपूर्ण सदस्य भएका छन्।विश्व बजारमा फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पिएसजी) जाने हल्ला चलिरहँदा भिनिसियसले भने क्लब आएदेखि सबै एकजुट रहेको र मड्रिडमा रमाइलो भएको प्रतिक्रिया दिए।

    ‘विश्वको सबैभन्दा ठूलो क्लबसँग निरन्तरता दिनेछु। म क्लबमा आएदेखि हामी सबै एकजुट भएका छौँ। यो वर्ष छुट्टै रमाइलो थियो। हामीले एकजुट भएर प्रदर्शन गर्दा नै ला-लिगा र च्याम्पियन्स लिगको उपाधि जित्न सफल भयौँ,’ यसै वर्ष क्लबलाई स्पेनिस ला-लिगा र युइएफए च्याम्पियन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका भिनिसियसले भनेका छन्।जुनियरले यस सिजन १७ गोल र १३ असिस्ट गरेका थिए।मड्रिडसँग भिनिसियसको अझै दुई वर्षको सम्झौता बाँकी छ। यद्यपि उनलाई लिन पिएसजीले ठूलो रकम अफर गरेकाे समाचार बाहिरिएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend