काठमाडौं
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पेश गरेको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम पारित भएको छ। बुधबार बसेको नगरसभाको ११ औं अधिवेशनले नीति तथा कार्यक्रम संशोधनसहित पारित गरेको हो ।

सभामा मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका विषयहरुको जवाफ दिएपछि पारितका लागि निर्णयार्थ पेश गरेका थिए । उनले सदस्यहरुले दिएका सुझावहरुलाई ऐन, नियम र कानुनअनुसार यथासम्भव समावेश गरिने बताए ।



