ग्यासको भाउ बढेपछि सङ्घीय कर निलम्बन गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

images
  • 59
    SHARES
  • आषाढ ८, २०७९ बुधबार
    ग्यासको भाउ बढेपछि सङ्घीय कर निलम्बन गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा
    images

    अमेरिकी राष्ट्रपति जो बाइडेनले ग्यासको मूल्य घटाउन तीन महिनाका लागि सङ्घीय कर निलम्बन गर्ने बताउनुभएको छ ।

    joe_biden_I6wDEPMCMl.jpg

    रुस–युक्रेन युद्ध सुरु भएपछि बढेको ग्यासको मूल्य नियन्त्रणका लागि सङ्घीय कर निलम्बन गर्न लागेको बाइडेन प्रशासनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । यसका लागि राष्ट्रपति बाइडेनले भोलि बिहीवार बस्ने सङ्घीय संसद्को बैठकमा अनुरोध गर्ने तयारी गर्नुभएको छ ।

    अमेरिकामा ग्यासमा प्रति सिलिन्डर अर्थात् तीन दशमलव ७८ लिटरमा १८ सेन्ट सङ्घीय कर लाग्छ । रुस–युक्रेन युद्ध सुरु हुनुअघि अमेरिकामा प्रति सिलिन्डर ग्यासको मूल्य तीन डलर रहेकोमा अहिले बढेर पाँच डलर पुगेको छ । केही राज्यमा कर बढी भएका कारण प्रति सिलिन्डर ६ डलरसम्म पुगेको छ ।

    राष्ट्रपति बाइडेनले सङ्घीय कर निलम्बन गर्नुका साथै राज्य सरकारको करलाई समेत घटाएर प्रति सिलिन्डर एक डलर भाउ घटाउन अनुरोध गर्नुहुने ह्वाइट हाउसलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । कर निलम्बनले मात्रै बढिरहेको मूल्यमा राहत नपुग्ने भएकाले राहतका अरू प्याकेज बारेमा पनि राष्ट्रपति बाइडेनले छलफल गरिरहनुभएको ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend