भक्तपुरको सूर्यविनायक नगरपालिका( ८ आर्दशचोक नजिकै गएराती मोटरसाइकल र टिपर ठोकिँदा दुई जनाको मृत्यु

images
  • 78
    SHARES
  • आषाढ ९, २०७९ बिहीबार
    भक्तपुरको सूर्यविनायक नगरपालिका( ८ आर्दशचोक नजिकै गएराती मोटरसाइकल र टिपर ठोकिँदा दुई जनाको मृत्यु
    images

    काठमाडौँ ।  

    भक्तपुरको सूर्यविनायक नगरपालिका( ८ आर्दशचोक नजिकै गएराती मोटरसाइकल र टिपर ठोकिँदा दुई जनाको मृत्यु भएको छ।

    accident_20210214155920.png

    मृत्यु हुनेमा मोटरसाइलमा सवार दुई पुरुष रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

     

    अन्दाजी २० वर्षका दुवै घाइतेको उपचारको क्रममा भक्तपुर अस्पतालमा आज बिहान ३ बजे मृत्यु भएको हो । मृतक दुवैको सनाखत हुन बाँकी रहेको छ।

     

    सूर्यविनायकबाट जगातीतर्फ छुटेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर गएराती सवा २ बजे ठोकिएका हुन्। टिपर चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend