राष्ट्रिय जनमोर्चा : जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनुहुन्न

images
  • 92
    SHARES
  • आषाढ ९, २०७९ बिहीबार
    राष्ट्रिय जनमोर्चा : जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनुहुन्न
    images

    काठमाडौं 

    राष्ट्रिय जनमोर्चाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानलाई वंशजको नागरिकता दिन नसक्ने बताएको छ ।

    durga-poudel_20220623131208.jpg

    सरकारले नागरिकता विधेयक संसदको यसै अधिवेशनबाट पारित गर्ने तयारी गरिरहेका बेला राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गरी आफूहरु जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनु हुँदैन भन्ने पक्षमा रहेको बताइन् ।

    विगतमा जन्मको आधारमा नागरिकता दिँदा नै गल्ती भएको भन्दै राजमोले त्यतिबेला जन्मको आधारमा नागरिकता पाएका गैर नेपालीको नागरिकता खारेज नगरी उनीहरुको सन्तानलाई वंशजको नागरिकता दिन नमिल्ने बताएको छ ।

    ‘जन्मको आधारमा नागरिकता प्राप्त गरेका गैर नेपालीहरुको नागरिकता खारेज नगरी उनीहरुको सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान विधेयकमा आएमा जनमोर्चा त्यसका विरुद्ध उभिने छ’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    राष्ट्रिय जनमोर्चाले नेपाली पुरुषसँग विवाह गरी आउदै विदेशी महिलालाई तत्कालै नागरिकता दिने हालको व्यवस्था मान्न नसकिने बताएको छ ।

    ‘नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिला नागरिकले विवाह गरेमा आफ्नो मुलुकको नागरिकता त्यागेको सात वर्षपछि मात्र निजलाई वैवाहिक अंगीकृत नागरिकता राज्यले दिनु पर्दछ’ उपाध्यक्ष पौडेलले विज्ञप्तिमा भनेकी छन्, ‘तर सात वर्षको दौरानमा निज महिलालाई राजनीतिक बाहेकका अन्य अधिकार प्रदान गरिनु पर्दछ भन्ने कुरामा हामी दृढ छौँ ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend