देवघाट तनहुँ:२०७९असार ९ गते
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ घिनटार स्थित चक्रवर्ती आधारभूत विद्यालयका अध्यनरत कक्ष एक देखि पाँच सम्मका ५० जना विद्यार्थीहरुलाई देवघाटका समाजसेवी युवा ब्याक्ती भानुभक्त न्यौपानेद्वारा देवघाट ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवरको प्रमुख आतिथ्यमा पारागोन अङ्ग्रेजी किताब हस्तान्तरण गरिएको छ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले देवघाट गाउँपालिका र वडा नम्बर ५ मा भित्रका विद्यालयहरुको अनुगमनलाई निरन्तरता गरि शैक्षिक गुणस्तरलाई दिगो रुपमा बिकास गरि शिक्षा क्षेत्रको बिकास गर्ने बताउनु भयो।साथै वडा अध्यक्ष कुँवरले देवघाट गाउँपालिका भित्र कुनै पनि बालबालिकाहरु शिक्षा देखी बन्चित हुन नपर्ने बताउदै सहयोगी भानुभक्त न्यौपानेलाई धन्यवाद समेत दिनुभएको थियो।

सो कार्यक्रममा देवघाट वडा ५ का सदस्य याम बहादुर मगर,सीता सामुदायिकका वन अध्यक्ष प्रवीन कार्की,देवघाटका ब्याडमिन्टन संघ उपाध्यक्ष बल बहादुर क्षेत्री,चक्रवर्ती आधारभुत विद्यालयका शिक्षिका कालिका पकोवाल,अनु गुरुङ र निर्मला रानामगर लगाएतको उपस्थिति रहेको थियो विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद पौडेल अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।

Subash Sapakota, Sangita Ojha Bhurtel and 9 others



