लोसपा नेता गुप्ता एमाले प्रवेश गर्ने

images
  • 85
    SHARES
  • आषाढ ९, २०७९ बिहीबार
    लोसपा नेता गुप्ता एमाले प्रवेश गर्ने
    images

    काठमाडौं 

    रौतहटको गौर नगरपालिकाका पूर्वमेयर एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अजय कुमार गुप्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि गुप्ता पार्टी प्रवेश गर्न तयार भएका हुन् ।

    KP-Sharma-Oli-and-Ajaya-Kumar-Gupta_20220623140701.jpg

     

    पछिल्लो समयमा मधेश केन्द्रित दलले पार्टी संगठन पनि नबनाएको र आन्दोलन पनि गर्न नसकेको भन्दै गुप्ताले अनलाइनखबरसँग भने, ‘कार्यकर्ता र जनताले राष्ट्रिय पार्टीमा जान सुझाव दिएपछि एमालेमा प्रवेश गर्न लागेको हुँ ।’

    ओलीसँग बुधबार भएको भेटपछि पार्टी प्रवेशका लागि असार २३ गतेको दिन तय भएको स्रोतले बतायो । उनलाई प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट टिकट दिने सहमति भएको बताइएको छ ।

    गुप्ता स्थानीय तह निर्वाचनमा पनि गौर नगरपालिकाको मेयर उम्मेदवार थिए । उनी एकीकृत समाजवादीका शम्भु साहसँग पराजित भएका छन् । साह ६ हजार ३८१ मतसहित मेयरमा निर्वाचित हुँदा गुप्ताले ३ हजार ७५५ मत पाएका थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend