खतिवडा : अब दिन होइन केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छ

images
  • 76
    SHARES
  • आषाढ ९, २०७९ बिहीबार
    खतिवडा : अब दिन होइन केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छ
    images

    काठमाडौं 

     नेकपा एकीकृत समाजवादीभित्र मन्त्री फेरबदलको विवाद चुलिँदै गइरहेको बेला अब केही घण्टाभित्रै मन्त्रीहरू हेरफेर हुने दाबी गरेको छ ।बिहीबार बसेको सचिवालय बैठकले अब दिनहरूमा होइन, घण्टाहरूमा मन्त्रीहरू हेरफेर गर्ने दिशामा लागेको भन्दै पार्टीको निर्णय कार्यान्वयनमा गर्ने बैठकले जोड दिएको हो ।

    Capture45_20220623161248.jpg

     
    पार्टीको सचिवालय बैठकपछि उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीको स्थायी कमिटी र सचिवालयले गरेको निर्णय कार्यान्वयन हुने बताएका छन् ।खतिवडाले छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताउँदै भने, सरकारमा पार्टीबाट सहभागी रहेका मन्त्री फिर्ता आउनेछन्, अनि ती ठाउँमा पार्टीले यसअघि निर्णय गरेअनुसार नयाँ मन्त्री पठाइने छ ।

    ‘मन्त्री फेर्ने पार्टीको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ। दिनमा होइन घण्टामा मन्त्री हेरफेर हुन्छ,’ उनले भने, ‘कसले कहाँ कोसँग छलफल गर्‍यो भन्ने व्यक्तिगत कुरा हुन्। पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले त्यसअनुसार मन्त्री परिवर्तन हुने हो।’

    नेकपा एसको शुक्रबार भोलि पोलिटब्यूरो बैठक बस्नेछ भने ११ गते केन्द्रीय कमिटी र १३–१४ केन्द्रीय परिषद्को बैठक बस्नेछ । बैठकमा स्थानीय चुनावको समीक्षा, सरकारको समीक्षा, गठबन्धन र आगामी चुनावबारे छलफल हुनेछ ।

    केही साताअघि मात्र नेकपा एसले मौजुदा मन्त्रिपरिषद्मा आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। तर, अहिलेसम्म नेकपा एसको निर्णय कार्यान्वयन हुन सकेको छैन।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend