बोलिभियाका उपराष्ट्रपति मन्त्री संक्रमित

images
  • 189
    SHARES
  • पौष २८, २०७८ बुधबार
    बोलिभियाका उपराष्ट्रपति  मन्त्री संक्रमित
    images

    काठमाडौं, २८ पुस । बोलिभियाका उपराष्ट्रपति र छ जना मन्त्री कोरोनाभाइरसबाट संक्रमित भएका छन्। उपराष्ट्रपति डेभिड चोक्वेहुअन्कासहित छ मन्त्री कोरोनाभाइरसबाट संक्रमित भएको अधिकारीहरुले जनाएका छन्।
    राष्ट्रपतिको कार्यालयद्धारा जारी वक्तव्यमा सङ्क्रमित सवैको अवस्था सामान्य रहेको र उहाँहरुको उपचार भइरहेको उल्लेख गरिएको छ।

    67.jpg

    उनिहरु मध्ये मन्त्रीहरु सवैले कोरोनाभाइरसविरुद्धको दोस्रो मात्रा खोप समेत लगाएका थिए भने उपराष्ट्रपति डेभिडले पहिलो खोप मात्रै लगाएका थिए। “उहाँहरु सवैको अवस्था स्थिर र सामान्य नै रहेको छ र सवै जना आइसोलेसनमा बस्नु भएको छ,” वक्तव्यमा लेखिएको छ।

     

    स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार बोलिभियामा अहिलेसम्म छ लाख ८६ हजार २३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। त्यसैगरी कोरोनाका कारण १९ हजार ९९९ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend