पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेनिकट युवा संघले राँके जुलुस प्रदर्शन

images
  • 120
    SHARES
  • आषाढ ९, २०७९ बिहीबार
    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेनिकट युवा संघले राँके जुलुस प्रदर्शन
    images

    काठमाडौं। 

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेनिकट युवा संघले राँके जुलुस प्रदर्शन गरेको छ।

    rako_20220623202830.jpg

    बिहीबार नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडिबाट राँके जुलुस अघि बढेको थियो । राँके जुलुस माइतिघरतर्फ अगाडि बढ्ने क्रममा प्रदर्शनकारीले सरकारी गाडीमा समेत तोडफोडसमेत गरेका छन् ।

     

    प्रदर्शनकारी तोडफोडमा उत्रिएपछि प्रहरीले लाठी प्रहार गरेको थियो । यसक्रममा दुई पक्षबीच झडप पनि भएको थियो । दुई पक्षबीच झडप हुँदा नयाँ बानेश्रर–माइतिघर सडकखण्डको सवारी आवागमन प्रभावित हुन पुगेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend