दाङ बंगलाचुली गाउँपालिकाले चुनढुङ्गा बाेक्ने टिपरका लागि वैकल्पिक सडक बनाउने

images
  • 82
    SHARES
  • आषाढ ९, २०७९ बिहीबार
    दाङ बंगलाचुली गाउँपालिकाले चुनढुङ्गा बाेक्ने टिपरका लागि वैकल्पिक सडक बनाउने
    images

    दाङ –

    दाङको बंगलाचुली गाउँपालिकाले चुनढुङ्गा बोक्ने टिपरका लागि वैकल्पिक सडक बनाउने भएको छ । सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिपरहरूकै कारण सडककाे कालोपत्र तीन महिनामै उप्केर सडक धुलाम्मे हुने गरेकाे थियाे । त्यही कारण स्थानीयवासीकाे दबाबमा पालिकाले सात महिनादेखि सिमेन्ट उद्योगका टिपर सञ्चालनमा रोक लगाएको छ ।

    tipper_tPVzlMuhA1.jpg

    गाउँपालिकामा चार वटा सिमेन्ट उद्योगका चुनढुङ्गा खानी रहेका छन् । घोराही तापा सडकमा दैनिक झन्डै चार सय टिपर चल्ने पालिकाले जनाएको छ । पालिकाको नेतृत्व गर्न आएको नयाँ जनप्रतिनिधिको समूहले वैकल्पिक सडकका लागि चार वटा मार्गका बारेमा छलफल सुरु गरेको जनाएको छ ।

    चार वटा सडक मध्येबाट एउटा छनाेट गरी सडक खन्न सुरु गर्ने योजनाका साथ काम भइरहेको गाउँपालिकाका अध्यक्ष सुवास पुन बताउनुहुन्छ । सिमेन्ट उद्योगले स्थानीयवासी र पालिकासँग गरेका सहमति कार्यान्वयन र वैकल्पिक सडकको सुनिश्चितता हुनासाथ खानी सञ्चालन गर्न दिने गाउँपालिकाले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend