देवघाट तनहुँ : असार ९ करिस्मा गुरुङ
तनहुँको देवघाट गाउँपलिका वडा नम्बर ५ कालिका टोलबिकास स्थित मगर उत्थान समाज र कालिका आमा समुहको संयुक्त आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान तथा शुभकामना कार्यक्रमा प्रमुख अतिथिले देवघाट गाउँपालिका अध्यक्ष तिल बहाना थापाले पानसमा बत्ती बालेर समुद्घाटन गर्नुभएको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले देवघाट गाउँपालिका भित्रमा अधिकतम जनजातिहरू बसोबास रहेको हुँदा हुदाँ अब पालिकाको समग्र विकासका लागि कुनै पनि जातजाति, धर्म, लिङ्गको आधारमा भेदभाव नगरि सबैलाई समान तरिकाले बिकास हुने गरि अगाडि बढाउने बताउनुभयो ।

अध्यक्ष थापाले जनजातिको बाहुल्यता बढि भएको हुदाँ भोलो हुने पालिकाको बजेट भाषणमा सबै जातजातिलाई समेट्ने गरि बजेट बिनियोजन गर्ने बताउदै जनताहरूले दिएको अमुल्य मतको सहि तरिकाले सदुपयोग गरेर दिगो बिकासको तिमि सवै संग समन्वय गरि अघि बढ्ने समेत प्रतिबद्धता गर्नुभयो । साथै देवघाट नयाँवस्थि स्थित रहेको मगर भवन धेरै वर्ष भैसक्दा पनि निर्माणाधीन अबस्थामै रहेको र अब सोही भवनको लागी तिन लाख रूपैयाँ रकम विनियोजित गरि योजना राखिसकेको समेत बताउनुभयो ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले हाम्रो संस्कृति हाम्रो रहनसहन हामी आफैंले बचाई राख्नुपर्छ भन्दैँ उपस्थित सम्पूर्ण जनसमुदायहरूलाई आग्रह गरे ।

उहाँले अहिलेको यो आधुनिक कालमा पनि जनजातिहरू धेरै नै पछि रहेको बताउदैँ त्यसलाई सुधार्नको लागि शिक्षा क्षेत्रलाई बिकास गर्नुपर्ने बताउनुभयो ।साथै उपाध्यक्ष गुरूङले सोहि समारोहमा देवघाट गाउँपालिकाको बिकास निम्ति आफ्नो जिम्मेवारीलाई बहन गर्दै शासक होइन जनसमुदायको सेवक बनेर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पूर्ण बहादुर कुँवरले देवघाटको समग्र विकासको लागि आफु कटिबद्ध भएर अघि बढ्ने बताउनुभयो । कार्यक्रममा देवघाट गाउँपालिकाका वडा सदस्य कमला गुरूङ,याम बहादुर मगर, समाजसेवी नारायणी राना मगर, देवघाट इलाका प्रहरी कार्यलयका प्रमुख प्रमोद कुमार नेपाली, नेपाली काङ्ग्रेस देवघाट गाउँपालिका वडा नम्बर ४ को उपसभापति अभिषेक थापा मगर,देवघाटका समाजसेवी अंमर फेवाली, नेपाल मगर समाज देवघाटका सल्लाहकार पुर्ण बहादुर थापा , सुर्य बहादुर राना लगाएतले मन्तव्य राखेका थिए। साथै कार्यक्रममा देवघाट गाउँपालिकाका वडा नम्बर ५ का वडा सदस्य सरस्वती परियार, बुद्धि बहादुर पाण्डे लगाएतको कार्यक्रम सहभागी रहेको थियोे भने देवघाट मगर उत्थान समाजका अध्यक्ष भिम बहादुर थापामगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।




