मन्त्री झाँक्रीलाई पराजुलीको कटाक्ष– मन्त्रीबाहेक पनि जीवन जगत् छ भन्ने बुझ्ने कि ?

images
  • 67
    SHARES
  • आषाढ १०, २०७९ शुक्रबार
    मन्त्री झाँक्रीलाई पराजुलीको कटाक्ष– मन्त्रीबाहेक पनि जीवन जगत् छ भन्ने बुझ्ने कि ?
    images

    काठमाडौं 

    नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीप्रति व्यङ्ग्य गरेका छन् । उनले फेसबुकमार्फत मन्त्री छाड्न नचाहेको भन्दै कटाक्ष गरेका हुन् । 

    sudeshparajuli1656048241_20220624120535.jpg

     

    “...अनि हिजो मुखमा लगाएको टेप खोली खोली स्टन्ड मारी मारी गरेको भाषण त केवल खोक्रो आदर्शबाहेक के हुन सक्छ त कमरेड ? मन्त्रीबाहेक पनि जीवन जगत् छ भन्ने बुझ्ने हो कि ? एक थान मन्त्री त तपाईंले हिजो बोकेको मूल्य मान्यता रहे बाँचेमा कति हो कति धेरै पटकमन्त्री ,त्योभन्दा माथि प्रधानमन्त्री बन्ने अवसर नै आउँछ,” उनले लेखेका छन् ।

    एकीकृत समाजवादीले सरकारमा रहेका पार्टीका मन्त्री फेर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend