महोत्तरी सदरमुकाम जलेश्वरमा रहेकाे कारागारमा आज बिहान एक कैदीको ज्यान गयाे

images
  • 83
    SHARES
  • आषाढ १०, २०७९ शुक्रबार
    महोत्तरी सदरमुकाम जलेश्वरमा रहेकाे कारागारमा आज बिहान एक कैदीको ज्यान गयाे
    images

    महोत्तरी 

    महोत्तरी सदरमुकाम जलेश्वरमा रहेकाे कारागारमा आज बिहान एक कैदीको ज्यान गएकाे छ।

    death_hJCuRBtigz.jpg

    ज्यान गुमाउनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का  ८० वर्षीय राजकरण यादव रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव आज बिहान २ बजे एक्कासी बेहोस भएका थिए । 

    उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend