झापामा १४ वर्षीया बालिकामाथि यौन दुरुपयोग

images
  • 74
    SHARES
  • आषाढ १०, २०७९ शुक्रबार
    झापामा १४ वर्षीया बालिकामाथि यौन दुरुपयोग
    images

    झापा 

    झापामा १४ वर्षीया बालिकामाथि यौन दुरुपयोग भएको छ । बालयौन दुरुपयोग गरेको अभियोगमा मेचीनगर नगरपालिका–१० खयरडाँगी शान्ती टोल बस्ने ३५ वर्षीय संजिव बराललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    rape.jpg

     

    बरालले ती बालिकालाई मेची अस्पताल धुलाबारीबाट मोटरसाइकलमा राखी घरतर्फ लाने क्रममा मेचीनगर नगरपालिका–१० नन्दा पेट्रोल पम्प पछाडि लगेर असार ६ गते साँझ बालयौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।

    उक्त जाहेरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend