५ सय २० बोरा चिनी बरामद

images
  • 73
    SHARES
  • आषाढ १०, २०७९ शुक्रबार
    ५ सय २० बोरा चिनी बरामद
    images

     काठमाडौं 

    प्रहरीले बाँकेमा ठूलो परिमाणमा चिनी बरामद गरेको छ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले भन्सार छलेर ल्याई जम्मा गरी राखेको ५० किलोको ५२० बोरा चिनी बरामद गरेको हो।

    sugar-11_20220411133022.jpg

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, नन्दनी मिलको परिसरबाट प्रहरीले चिनी बरामद गरेको छ। चिनीसँगै प्रहरीले बोडीको ५१ बोरा दाल बरामद गरेको छ।प्रहरीका अनुसार चिनी १८ लाख २० हजार बोडीको दाल एक लाख ७ हजार मूल्य बराबरको छ। बरामद चिनी र बोडीको दाल नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend