पेट्रोलियम पदार्थमा लाग्दै आएको कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिले निर्देशन

images
  • 84
    SHARES
  • आषाढ १०, २०७९ शुक्रबार
    पेट्रोलियम पदार्थमा लाग्दै आएको कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिले निर्देशन
    images

    काठमाडौं 

    पेट्रोलियम पदार्थमा लाग्दै आएको कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संसदीय समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको हो ।

    petrol_20220327131017.jpeg

    समिति अन्तर्गतको बजार अनुगमन उपसमितिको बैठकले आज आयल निगमका पदाधिकारीसँग छलफल गरेर यस्तो निर्देशन दिएको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सर्वसाधारणलाई असर परेकाले करमा ५० प्रतिशत तत्काल घटाएर जनतालाई राहत दिन निर्देशन दिएको हो ।छलफलपछि समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई हाल लाग्दै आएको करमा ५० प्रतिशत घटाउन निर्देशन दिएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend