देवघाट तनहुँ : असार १० गते देवघाट
"माटो जोगाअौ सचेत नागरिकको दायित्व पुरा गरौँ" भन्ने शिर्षकमा तनहुँको देवघाटमा हिनोदे वक्तत्वकला प्रतियोगिता सम्पन्न भएको छ । लियो क्लव अफ देवघाट चौतारीको आयोजनामा भएको गाउँपालिका स्तरीय वक्तत्वकला प्रतियोगिता आज कालिका माध्यमिक बिद्यालय देवघाट ५ क्युदीमा सम्पन्न भएको हो ।

सो प्रतियोगितामा वेद वेदाङ्ग सँस्कृत बिद्यालयका छात्र अभिषेक दाहाल प्रथम, सोही बिद्यालयका छात्र उज्ज्वल पौडेल द्वितीय, त्यस्तै श्री राम जानकी बालिका आश्रमका छात्रा निलम लोक कल्याणी तृतीय भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार ५ हजार नगद सहित ट्रफि र प्रमाणपत्र , द्वितीय पुरस्कार ३ हजार नगदसहित ट्रफि र प्रमाणपत्र र तृतीय पुरस्कार २ हजार नगद सहित ट्रफि र प्रमाणपत्र रहेको थियोे ।

सो कार्यक्रम पालिका स्तरीय भएतापनि जम्मा ६ वडा बिद्यालयका विद्यार्थीहरूको सहभागीता रहेको थियोे । उक्त कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि पूर्ण बहादुर कुँवरले लियो क्लव अफ देवघाट चौतारीले एउटा राम्रो कार्यक्रम ल्याएको भन्दै धन्यवाद प्रकट गरे । उनले आगमि दिनहरूमा यस्तै प्रतियोगितात्मक कार्यक्रमहरूलाई निरन्तरता दिदैँ विद्यार्थीहरूको सिकाइमा थप प्रभाव पार्ने खालको कार्यक्रमहरू ल्याउने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि उपाध्यक्ष ३२५ वर्ष ०२२/२३ लियो किरण लामिछाने, कालिका मा. वि. का प्रधानाध्यापक इन्द्रदेव तिवारी, सिताराम सँस्कृत मा. वि. का शिक्षिका उमा सुवेदी, बराह प्रा. वि. का शिक्षक सोम थापा मगर, सिद्व महाकाली मा. बि. का शिक्षक राजु सत्याल लगाएतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

भने कार्यक्रमको निर्णायक मन्डलमा अर्जुन अधिकारी , संस्थापक अध्यक्ष र रिजन कोडिनेटर वर्ष ०२२/२३ को लियो आत्माराम पाण्डे, देवघाट लियो क्लव अफ देवघाट चौतारीका उपाध्यक्ष सुस्मिता नेपाल, लियो क्लव अफ देवघाटका तृतीय उपाध्यक्ष रक्षा कार्की, सचिव स्वस्तिका धिताल, पि. आर. ओ. चन्दिप बगाले, सदस्यहरू शंखर सापकोटा, ईशा गुरूङ, अंकिता पोख्रेल, प्रमिला थापा मगर र पुरन न्यौपाने लगाएतको कार्यक्रममा उपस्थिति रहेका थियो । कार्यक्रम लियो क्लव अफ देवघाट चौतारीका अध्यक्ष सम्राट अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।






