चितवनका सात पालिकाले ल्याए ११ अर्ब ६५ करोड बजेट

images
  • 75
    SHARES
  • आषाढ ११, २०७९ शनिबार
    चितवनका सात पालिकाले ल्याए ११ अर्ब ६५ करोड बजेट
    images

    चितवन 

    चितवनका सात वटै पालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९र८० को बजेट ल्याएका छन् । पालिकाका उपप्रमुख तथा उपाध्यक्षले नगर तथा गाउँ सभाको अधिवेशनमा आगामी आवको लागि बजेट पेस गरेका हुन्।

    Bharatpur-Mahanagarpalika_20201011130608.jpeg

     

    दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले पहिलो आवको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन्। जिल्लाका सात पालिकाले आगामी आवको लागि ११ अर्ब ६५ करोड ८ लाख ३९ हजार रुपैयाँको बजेट ल्याएका छन्।

    सबैभन्दा धेरै भरतपुर महानगरपालिकाको बजेट छ भने सबैभन्दा थोरै इच्छाकामना गाउँपालिकाको छ। बजेटमाथि कार्यपालिका सदस्यका बीचमा दफावार छलफलपछि केही दिनमा नै बजेट पारित गर्नुपर्ने व्यवस्था छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend