तनहुँ देवघाट:असार ११
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले निर्वाचनको समयमा जनसमुदायको माझ प्रतिबद्धता गरेका कुरा पुरा गरेका छन।आज देवघाट ५ देवपुर स्थित बराह आधरभूत विद्यालयको ब्यबस्थापन समितिका अध्यक्ष टेकराज सापकोटालाई आफ्नो पहिलो महिनाको तलब विद्यालयको ब्यबस्थापनको निम्ति वडा अध्यक्ष कुँवरले सो रकम हस्तान्तरण गर्नुभएको छ।

सो रकम हस्तान्तरण पछी ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले देवघाट गाउँपालिका एवं ५ वडाको दिगो बिकासको निम्ति सवै संग समन्वय गरी अगाडी बढ्ने बताउनुभयो।
कार्यक्रममा देवघाट ५ वडा सदस्य याम बहादुर मगर,बराह आधारभूत विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तेकराज सापकोटा,समाजसेवी राजु परियार र बिहानी मिडियाका समाचार प्रमुख बिकास पाण्डे लगाएतको उपस्थिति रहेकोे थियो।



