सरकारले घटाए डिजेल र पेट्रोलको मूल्य :आजै मध्यरातदेखि नयाँ मूल्य लागू हुने

images
  • 80
    SHARES
  • आषाढ ११, २०७९ शनिबार
    सरकारले घटाए डिजेल र पेट्रोलको  मूल्य :आजै मध्यरातदेखि  नयाँ मूल्य लागू हुने
    images

    काठमाडाैँ । 

    सरकारले घटाएको डिजेल र पेट्रोलको नयाँ मूल्य शनिबार मध्यरातिदेखि लागू हुने भएको छ।  सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेकामा सो निर्णय मध्यराति १२ बजेदेखि लागू हुने  शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले जानकारी दिए । 

    petrol_20220327131017.jpeg
    उनका अनुसार सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ।  हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेकामा अब १७९ रुपैयाँमा पेट्रोल पाइने भएको हो । यस्तै डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकामा अब २८ रुपैयाँ घटेर १६४ रुपैयाँ कायम गरिएको छ । सरकारले पेट्रोलियम पदार्थमा लागू गर्दै आएको कर कटौती गरेर सर्वसाधारणलाई राहत दिएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend