नवौं शताब्दीमा निर्माण भएको प्रतिमा नेपाल फिर्ता

images
  • 89
    SHARES
  • आषाढ ११, २०७९ शनिबार
    नवौं शताब्दीमा निर्माण भएको प्रतिमा नेपाल फिर्ता
    images

    काठमाडाैँ । 

     नवौं शताब्दीमा निर्माण भएको प्रतिमा नेपाल फिर्ता भएको छ।

    murti__q6HDwpSnwf_20220625132318.jpg

    पुरातात्त्विक तारा देवीको प्रतिमा घर फिर्ता भएको हो। अमेरिकाका लागि नेपाली  कार्यवाहक राजदूत म्यानुएल मिकलेर र पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले अमेरिकास्थित येल विश्वविद्यालयको आर्ट ग्यालरीबाट फिर्ता आएको तारा/पार्वतीको प्रतिमालाई नेपालमा स्वागत गरेका हुन्।

     

    उक्त प्रतिमा नवौं शताब्दीको अन्त्य वा दशौं शताब्दीको शुरुतिरको भएको विश्वास गरिएको छ। उक्त प्रतिमा सन् २०१५ मा येल आर्ट ग्यालरीलाई प्रदान गरिएको थियो।मे ६ मा उक्त ग्यालरीले न्युयोर्कस्थित अमेरिकी कन्सुलर जनरलमार्फत उक्त प्रतिमालाई नेपाल फर्काउने घोषणा गरेको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend