देवघाट तनहुँ:असार ११ गते तनहुँको
देवघाट गाउँपालिका वडा नम्बर ५ अन्तरगत रहेको गणेश टोल विकास समितिद्वारा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

सो सरसफाइ कार्यक्रम हाम्रो पधेरो ढुङ्गे धारो र सार्वजनिक स्थान वरिपरि सरसफाइ गरेको समितिका सह-सचीव अमृत घिमिरेले बिहानी मिडियालाई जानकारी दिनुभयो।

साथै हरेक महिनाको दोस्रो सनिवार नियमित सरसफाइ गर्ने निर्णय समेत भएको र उपस्थित नभएको खण्डमा जरिवानाको ब्यबस्था गर्ने समेत समितिका अध्यक्ष समिर ढुंगानाले जानकारी दिनुभयो।



