‘प्रेमगञ्ज’ को शीर्ष गीत सार्वजनिक

images
  • 197
    SHARES
  • आषाढ ११, २०७९ शनिबार
    ‘प्रेमगञ्ज’ को शीर्ष गीत सार्वजनिक
    images

    काठमाडाैँ । 

    भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगञ्ज’को शीर्ष गीत सार्वजनिक भएको छ। फिल्मकै शीर्ष गीतको रपमा रहेको ‘माथि माथि आकाशैमा’ बोल रहेको उक्त गीत शुक्रबार सार्वजनिक भएको हो।गीतलाई सुगम पोखरेल र अस्मिता अधिकारीले गाएका छन्। किरण भुसालको संगित रहेको गीतको एरेन्ज आभास श्रेष्ठले गरेका छन्। गीतमा शब्द भने पुरुषोत्तम ढुंगेलको रहेको छ। 

    1656134875_Premjung_Song_20220625114152.jpg

    फिल्मका कलाकार तेज गिरी, बेनिशा हमाल, राइडर प्रशान र सुप्रिया खनाललाई गीतमा देख्न सकिन्छ।गीत सम्मिलित फिल्म प्रेमगञ्जलाई परिच्छेद सेनले निर्देशन गरेका छन्। उनकै कथा र पटकथामा आधारित फिल्ममा तेज, बेनिशा, सुप्रिया र प्रशानसँगै सम्पदा बानिया, सिम्रन खड्का, आयुषी ढकाललगायतका कलाकार रहेका छन्। फिल्ममा सुरक्षा पन्तको पनि आगन्तुक भुमिका रहेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend