काठमाडौं । फिल्म ‘सरी मम’ को छायांकन सुरु भएको छ । बिहीबार भद्रकाली मन्दिरमा शुभमुहूत सहित फिल्मको छायांकन गरिएको हो । कार्यक्रममा अभिनेत्री सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिए ।

चलचित्रमा सरिता र प्रभातका अलवा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवालको अभिनय छ । फिल्मको सम्पुर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिनेछ ।
एनएफआई क्रियसनको व्यानरमा निर्माण हुने फिल्म नविन बोगटीले निर्देशन गर्दैछन् । बोगटीको यो डेव्यु फिल्म हो ।३० दिनको छायांकन सेड्युल रहेको फिल्ममा दीर्घ गुरुङको छायांकन रहनेछ ।
सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मको निर्माता विनोद लामा हुन् ।



