सिन्धुपाल्चोक कारागारमा थुनामा रहेका एक कैदीको मृत्यु

images
  • 155
    SHARES
  • आषाढ ११, २०७९ शनिबार
    सिन्धुपाल्चोक कारागारमा थुनामा रहेका एक कैदीको मृत्यु
    images

    काठमाडाैँ 

    सिन्धुपाल्चोक कारागारमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ। जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो।शनिबार बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिए। 

    child-death_20220331093325.jpg

    गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो। मृतकको आफन्त आइपुगेपछि शवपरीक्षण गरिने अस्पतालले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend