धनकुटामा पोखरीमा डुबेर दुईजना बालकको मृत्यु

images
  • 86
    SHARES
  • आषाढ ११, २०७९ शनिबार
    धनकुटामा पोखरीमा डुबेर दुईजना बालकको मृत्यु
    images

    काठमाडाैँ 

    धनकुटामा पोखरीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ। धनकुटा नगरपालिका–६ पात्लेखोला किनारामा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि बनाएको पोखरीमा डुबेर शनिबार दिउँसो दुई किशोरको मृत्यु भएको हो।

    Death_ODb9GUwRk3_20220320115349.jpg

     

    पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका ५ का १५ वर्षीय सोर्णिम राई र धनकुटा नगरपालिका २ का १५ वर्षीय उदय राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

    पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुवै जनाको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घरबाट सोर्णिम र उदयसँगै गएका धनकुटा नगरपालिका ५ का सन्देश राई भने सकुशल रहेका छन्।

    घरबाट बिहान ६ बजे निस्केर हिँड्दै ११ बजे पोखरीमा पुगेको र पौडी खेल्ने क्रममा हराएपछि नजीकै बस्तीमा गएर मान्छे बोलाएर ल्याई डुविरहेका दुवैलाई निकालिएको थियो। निकालिएर उपचारको लागि धनकुटा अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend