रत्ननगर
राष्ट्रिय प्रजातन्त्र पार्टी रत्ननगरको शनिबार सम्पन्न विशेष भेलाले युवक संगठन तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नगर समिति गठन गरेको छ ।

राप्रपाका नगरअध्यक्ष गोविन्दप्रसाद अधिकारीको सभाअध्यक्षता एवं प्रदेश सहसचिव मधुप भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सुर्जन तामाङको अध्यक्षतामा राप्रपा रत्ननगर युवा समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा शिव सेढाईं, सचिवमा लोकनाथ अधिकारी र सदस्यहरुमा बिक्रम चौधरी, नमराज श्रेष्ठ, रमेश थापा मगर, सुदीप थापा मगरलाई सर्वसम्मत चयन गरेको हो ।
यस्तै, सरिता बानियाँको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा दुर्गा बजगाईं, मीना प्रधान र हरिकला दर्जी, सचिवमा मुना भण्डारी पोखरेल, कोषाध्यक्षमा शान्ति लक्ष्मी अवाल, सहसचिव सृष्टि पाण्डे चयन भएका छन् । यस्तै सदस्यहरुमा सुजिता परियार, कल्पना श्रेष्ठ, गायत्री श्रेष्ठ, गीता महतो, कान्ति महतो, मिलन बगाले, बिमला चालिसे, शोभा लामिछाने र बिन्दा गुरुङ चयन भएका छन् ।
कार्यक्रममा नगरअध्यक्ष गोविन्दप्रसाद अधिकारी, जिल्ला अध्यक्ष रुद्र ढकाल, जिल्ला सदस्य एवं केन्द्रीय समन्वय समितिका सदस्य हरि अधिकारी, राप्रपा क्षेत्र नं–१ का अध्यक्ष बलराम खनाल, महिला संगठन जिल्ला अध्यक्ष गीता लम्साल, नगर प्रवक्ता सन्तोष लामालगायतले पछिल्लो समय राप्रपामा जनलहर बढेको बताउँदै अबको वैकल्पि शक्ति राप्रपा रहेको दाबी गरे ।
सो कार्यक्रममा गोपालप्रसाद उपाध्याय, कर्णमान श्रेष्ठ, गायत्री श्रेष्ठ, सृष्टि पाण्डे र कल्पना श्रेष्ठ विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेको नगर प्रवक्ता सन्तोष लामाले जानकारी दिए ।



