सरकारबाट फिर्ता बोलाइएकी रामकुमारी झाँक्रीले किन भेटिन् कामु प्रधानन्यायाधीश ?

images
  • 51
    SHARES
  • आषाढ १२, २०७९ आइतबार
    सरकारबाट फिर्ता बोलाइएकी रामकुमारी झाँक्रीले किन भेटिन् कामु प्रधानन्यायाधीश ?
    images

    काठमाडौं

     शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसँग आइतवार भेट गरेकी छन् । अदालतको आदेशका कारण विकास निर्माणको काम प्रभावित भएको भन्दै झाँक्रीले कामु प्रधानन्यायाधीश कार्कीसँग भेट गरेकी हुन् । 

    deepak_kumar_karki_and_ramkumari_jhankri_9EwXj29OXl_20220626162045.jpg

     

    सर्वोच्च स्रोतका अनुसार कामु प्रधानन्यायाधीश कार्कीको कार्यकक्षमा पुगेर मन्त्री झाँक्रीले विकास निर्माणको आयोजना, परियोजना आदिको विषयमा अन्तरिम आदेश गरिँदा विकास निर्माणको काम नै प्रभावित हुने गरेको गुनासो गरेकी थिइन् । 

    'मन्त्रीज्यूले विकास निर्माणको आयोजना आदिमा अन्तरिम आदेश गरिँदा विकास निर्माणको काम प्रभावित हुन गएको हुनाले छिटोभन्दा छिटो अदालतले विचाराधीन अवस्थामा रहेका मुद्दाहरू  टुंग्याइदिनुपर्ने भनेर भन्नु भएको थियो,' सर्वोच्च स्रोतले लोकान्तरसँग भन्यो । 

    कामु प्रधानन्यायाधीश कार्कीले पनि ऐन, नियम, कानून अनुसार अदालतले गर्ने, अदालतले छिटोभन्दा छिटो फैसला गर्न सकोस् भन्ने आफ्नो पनि चासो रहेको जवाफ दिएका थिए । दुवै जनाबीच २० मिनेट जति भेटवार्ता भए पनि राजनीतिक कुरा केही पनि नभएको सर्वोच्च स्रोतले बतायो । 

    झाँक्रीसहित नेकपा (एस)बाट मन्त्री बनेका चारै जनालाई पार्टीले सरकारबाट फिर्ता बोलाएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend