कञ्चनपुर, मोरङ र कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित छ जनालाई पक्राउ

images
  • 69
    SHARES
  • आषाढ १२, २०७९ आइतबार
    कञ्चनपुर, मोरङ र कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित छ जनालाई पक्राउ
    images

    काठमाडौं 

    कञ्चनपुर, मोरङ र कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित छ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ सालघारीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४८ ग्राम ४५ मिलिग्रामसहित  एक जना पक्राउ परेका छन् ।

    pakrau_20210128114110.jpg

     

    पक्राउ पर्नेमा सोही नगरपालिका–७ हल्दुखाल बस्ने २६ वर्षीय किशन दमाई रहेका छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा किशनलाई नगद १० हजार ३० रुपैयाँ र उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

    मोरङको बुढीगंगा गाउँपालिका–६ घेराबनीबाट करिब ८ केजी अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दर हरैँचा नगरपालिका–३ बस्ने ४५ वर्षीय नेत्र भट्टराई रहेका छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । 

    कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend