काठमाडौं उपत्यकाभित्र ९ जनामा देखियो हैजा

images
  • 64
    SHARES
  • आषाढ १२, २०७९ आइतबार
    काठमाडौं उपत्यकाभित्र  ९ जनामा देखियो हैजा
    images

    काठमाडौं 

    कोरोना महामारीपछि हैजा महामारी व्यापक रुपमा फैलिन लागेको संकेत देखिएको छ । केही समयअघि न्यून संख्यामा देखिएको हैजा अहिले काठमाडौं उपत्यकाभित्र ९ जनामा हैजा देखिएको छ ।

    haijaa_20210923124847.jpg

     

    जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौंका डिल्लीबजार, बागबजार, कपन, थानकोट, नैकाप, पाटनलगायत स्थान गरी ९ जनामा हैजा देखिएको हो ।ललितपुर महानगरपालिकामा हैजा भेटिएपछि आइतबारदेखि सडकमा बेचिने पानीपुरी, चटपटेलगायत खानेकुरा बिक्री गर्न रोक लगाएको छ ।

    जनस्वास्थ्यविद्हरुले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नाले हैजा कोरोनाजस्तै महामारीकै रुपमा फैलनसक्ने अवस्था पनि देखिएको बताएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend