देवघाट तनहुँ : असार १२
करिस्मा गुरुङ
तनहुँको देवघाट गाउँपालिका ५ वडा स्थित देवघाट क्षेत्र बिकास समितिको सभा हलमा आज युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको आयोजनामा परम्परागत खेलकुद प्रवर्धन कार्यक्रम अन्तर्गतका अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा देवघाट वडा नम्बर ५ का वडाध्यक्ष पूर्ण बहादुर कुँवरले परम्परागत खेलकुद प्रवर्धन कार्यक्रमले बृद्धहरुलाई मानसिक,शारीरिक रुपमा पनि थप तन्दुरुस्त बनाउन मद्धत पुग्ने बताउदै लोप हुना लागेका परम्परागत खेलहरु बाट युवा पुस्ताले पनि सिक्न पाउनुका साथै हस्तान्तरण समेत हुने बताउनुभयो। सो खेलकुद प्रतियोगितामा जेष्ठ नागरिकहरूलाई मध्येनजर गरेर कार्यक्रमको आयोजना गरिएको युनेस्को सचिवालय सहायक महासचिव डा. बाबुराम अधिकारीले बताए ।

उनले देवघाटमा गत वर्ष पनि यस्तै कार्यक्रमको आयोजना गरेको बताउनुभयो साथै आगमि दिनहरूमा यस कार्यक्रमलाई विभिन्न संघ संस्थाहरु संग समन्वय गरि निरन्तरता अगाडी बढ्ने बताउनुभयो।

साथै अधिकारीले देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिले देवघाटलाई विश्व सम्पदा सुचिमा राख्नको लागि युनेस्कोमा पहिल्यै निवेदन दिइसकेको जानकारी गराउदैँ देवघाटमा अब जेष्ठ नागरिकहरूको लागि एउटा नयाँ गुरू योजना बनाएर अघि बढ्न आग्रह समेत आग्रह गर्नुभएको थियो । उक्त कार्यक्रम परम्परागत खेलकुद प्रवर्धन कार्यक्रम अन्तर्गत भोलि तीन वटा खेल सञ्चालन हुँदै छ जस् अन्तरगत गट्टा खेल, तातोआलु र घैटो फुटाई प्रतियोगिता रहेको छ।

खेलमा सहभागी भएर उत्कृष्ट खेल खेल्ने जेष्ठ नागरिकलाई पुरस्कारको व्यवस्था समेत रहेको आयोजक कमिटीले जानकारी दिनुभयो। कार्यक्रममा वडा सदस्य बुद्वि बहादुर पाण्डे, युनेस्को सचिवालय सचिव गोविन्द प्रसाद अर्याल, युनेस्को सचिवालय प्राविधिक अधिकृत पदमराज जोशी, युनेस्को सचिवालय शाखा अधिकृत इन्दिरा बुढाथोकी, देवघाटका समाजसेवी चन्द्र प्रकाश दवाडी, महेश सन्यास आश्रमका प्राचार्य फणीन्द्र प्रसाद पौडेल, वेद वेदाङ्ग विद्यालय गलेश्वर आश्रमका प्राचार्य नन्दराज पाण्डेय, कालिका मा. वि. का प्रधानाध्यापक इन्र्ददेव तिवारी, परमानन्द संस्कृत गुरूकुलमका शिक्षक सोमनाथ अर्याल,देवघाट क्षेत्र विकास समितिका योजना प्रमुख किरणराज पौडेल, देवघाट क्षेत्र समितिका सदस्य विष्णु प्रसाद अधिकारी, इलाका प्रहरी कार्यलय देवघाट प्रमुख प्रमोद कुमार नेपाली, देवघाट गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक सुभद्रा भट्टराई, बृद्वाश्रम व्यवस्थापक देबु अधिकारी र बृद्वाश्रमका जेष्ठ नागरिकहरूको सहभागी रहेको थियोे।




