देवघाट तनहुँ : असार १२
देवघाट
चितवनको नारायणीमा जस्तै देवघाटमा पनि फोटो खिच्न सुविधा भएको छ ।

आज भोलि धेरै मानिसहरू विभिन्न ठाउँमा घुम्न जादाँ त्यस स्थानको चिनोको रूपमा फोटो खिच्ने गरेको पाइन्छ यस्तै देवघाटको पनि पर्यटकीय नगरी पबित्रा तिर्थस्थल देवघाटधाममा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुले फोटो खिच्ने सुविधा पाउने भएको छ।
चितवनको नारायणी नदि किनारामा जस्तै देवघाटमा पनि ऐतिहासिक मठ मन्दिर, पार्क र गुम्बा लगाएत विभिन्न घुम्ने स्थानहरु रहेको हुदाँ यस् ठाँउ घुम्न आउने पर्यटकहरुलाई मध्य नजर गर्दै सो फोटो खिच्ने सेवा सेवाको सञ्चालन गरिएको बिष्णु मगरले बताए ।साथै देवघाटलाई फोटो मार्फत विश्वसामु चिनाउन समेत सकिने मगरले बताए।




