झापामा बोराभित्र पुरुषको शव भेटियो

images
  • 76
    SHARES
  • आषाढ १३, २०७९ सोमबार
    झापामा बोराभित्र पुरुषको शव भेटियो
    images
    झापा 
    झापामा एकजना पुरुषको शव बोराभित्र रहेको अवस्थामा फेला परेको छ । अर्जुनधारा–४ बोराको मुख सिलाएको अवस्थामा शव भेटिएपछि हत्या आशंका गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी रुगम कुँवरले जानकारी दिए । 
    vvvvrr.jpg
     

    उनको पहिचान हुन सकेको छैन । मृत भेटिएका व्यक्तिको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । उक्त शव कल्भर्टभित्र भेटिएको थियो । स्थानीयले खबर गरेपछि आइतबार साँझ प्रहरीले हेर्दा शव फेला परेको हो ।

     

    उनको दुवै कुममा ‘आरएन’ लेखिएको ट्याटु देखिएको डीएसपी कुँवरले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend