४१ जनामा कोरोना संक्रमण

images
  • 58
    SHARES
  • आषाढ १३, २०७९ सोमबार
    ४१ जनामा कोरोना संक्रमण
    images

    काठमाडौँ 

     नेपालमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

    New-Corona-virus_20210824125813 (1).jpg

    सोमबार २० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २०८ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा २ हजार ३३७ पीसीआर तथा १ हजार २१ एन्टिजेन परीक्षण भएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend