पुनः ओरालो लाग्यो सेयर बजार , २३.८५ अंकको गिरावट

images
  • 76
    SHARES
  • आषाढ १३, २०७९ सोमबार
    पुनः ओरालो लाग्यो सेयर बजार , २३.८५ अंकको गिरावट
    images

    काठमाडौं

    सेयर बजार पुनः ओरालो लागेको छ । सोमबार बजार परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा झरेको छ ।

    Share-market-down copy 1.jpg

     

    कुल २२९ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा सोमबार जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य ओरालो लागेको छ ।सोमबार ४३ हजार १२२ कारोबार मार्फत ५६ लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कुल कारोबार रकम आइतबारको भन्दा घटेर २ अर्ब ४ करोड ४८ लाखमा सीमित भएको छ । कारोबारमा आएका १३ मध्ये लगानी र लाइफ इन्स्योरेन्सबाहेकका सबै उपसमूह राताम्मे रह्यो ।

    दोस्रो बजारमा सीवाईसी नेपाल लघुवित्त, ङ्यादी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ता धेरै कमाउनेमा दरिए । यस्तै बजारमा धेरै गुमाउनेमा उन्नती सहकार्य लघुवित्त, प्राइम डिबेञ्चर र तेह्रथुप पावर कम्पनी लगायत रहे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend