देवघाट ईलाका प्रहरी कार्यालयले छिमेकी मुलुक भारत लगिएकी बालिकालाई अभिभावकको जिम्मा लगाइए

images
  • 906
    SHARES
  • आषाढ १३, २०७९ सोमबार
    देवघाट ईलाका प्रहरी कार्यालयले छिमेकी मुलुक भारत लगिएकी बालिकालाई अभिभावकको जिम्मा लगाइए
    images

    अञ्जली बोटे
    देवघाट तनहुँस्असार १३ गते
    तनहुँको देवघाट गाँउपालिका वडा ५ निवासी ७ बर्षिय सरिता तामाङलाई देवघाट ईलाका प्रहरी कार्यालयका प्रमुख नायव निरीक्षक प्रमोद कुमार नेपालीले आज देवघाट ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवर सहित स्थानियवासीको रोहवरमा छिमेकी मुलुक भारत पुर्‍याएका सरिता तामाङलाई बुबा लक्ष्मण तामाङ९रोबर्ट० र आमा शान्ति तामाङलाई जिम्मा लगाएको छ।

     

    290285227_1065686571046069_3004651047642321865_n (1).jpg
    साथै सामाजिक संजाल लगायत टिकटकमा सो बालिकाको बिषयमा भिडियो आए लगत्तै ईलाका प्रहरी कार्यालय देवघाटका प्रमुख प्रहरी नायव निरीक्षक प्रमोद कुमार नेपालीको नेतृत्वमा विभिन्न संघ संस्थाहरु संग समन्वय भुमिका गरि छिमेकी मुलुक भारत पुर्‍याएको बालिकालाई नेपाल ल्याई अभिभावकको जिम्मा लगाएको देवघाटका प्रमुख प्रहरी नायव निरीक्षक प्रमोद कुमार नेपालीले बिहानी मिडियालाई जानकारी दिनुभयो। ७ बर्षिय सरिता तामाङलाई ककला रानी,शर्मिला श्रेष्ठ सहितले शिक्षा प्रदान गर्ने भन्दै छिमेकी मुलुक भारतमा पुराएको र सामाजिक संजाल र टिकटकमा बालिका बेचिएको भन्ने भएपछि भारतबाट बालिका आज ल्याइएको थियो । जेष्ठ १३ गते घरबाट गएकी बालिका १ महिनापछि नेपाल फर्किएकी हुन् ।

    289585690_360195956253888_2837226485372001969_n.jpg


    अभिभावकसँगको छलफलबाट नै भारत पठाइएको र गलत ठाँउमा नरहेको तर सामाजिक संजाल लगायत टिकटकमा
    भ्रमक प्रचारप्रसार भएपछि सरिता तामाङलाई सकुशल स्वदेश फिर्ता गरिएको ककला रानीले बताउनुभयो ।

     
     
     
     
     
     
     
     
     
     
     
     
     

     

     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     

     

     

     

     

     
     
     
     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend