कर्णाली प्रदेश सभा बैठक नबसेर नै स्थगित

images
  • 72
    SHARES
  • आषाढ १३, २०७९ सोमबार
    कर्णाली प्रदेश सभा बैठक  नबसेर नै स्थगित
    images

    सुर्खेत –

    कर्णाली प्रदेश सभाको बैठक आज साेमवार नबसेर नै स्थगित भएको छ । 

    karnali_province_assembly_Vrxp8sXndm.jpg

    हिजाे आइतवार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमाथि असन्तुष्टि जनाउँदै बैठकमा अवराेध गरेपछि आज दिउँसाे ३ बजेसम्मका लागि स्थगित भएको थियो । प्रदेश सभा सचिव जीवराज बुढाथोकीले भोलि मङ्गलवारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।

    आज बिहान सर्वदलीय बैठक बसे पनि कुनै निष्कर्ष निस्कन नसकेपछि प्रदेश सभा बैठक भाेलिसम्मका लागि स्थगित गरिएको हो । 

    प्रदेश सरकारले एकलौटी, असन्तुलित, र प्रतिपक्षसँग गरेको सम्झौता विपरीत बजेट ल्याएको भन्दै एमालेले विरोध गरेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend